रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १६ गते
रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।

प्राधिकरणले भनेको छ-  

‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण  विमानस्थलहरु  विहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) संचालनमा आउने व्यवस्था मिलाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स