SHAREHUBSHAREHUB

रवि लामिछानेले भने, “सिरोहियाको फाइल केही पनि होइन भनेर गुमराहमा राख्न मिल्छ ?”

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १४ गते
AdvertisementAds
रवि लामिछानेले भने, “सिरोहियाको फाइल केही पनि होइन भनेर गुमराहमा राख्न मिल्छ ?”
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस-एमालेलाई रास्वपाको चिन्ता नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले रास्वपालाई एकपछि अर्को आरोप लगाएको बताएका छन् ।

उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको हिजो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश पक्राउ प्रकरणमा दिइएको अभिव्यक्तिमा आपत्ति जनाउदैं उनले भने, ‘उहाँको नागरिकता प्रकरणमा अनुसन्धान जारी छ, लामो अनुसन्धानको विषय छ । तर, उहाँले खुदा पहाड निक्ला चुहा, तपाईंले खोल्नुभएको केही पनि होइन भनेर संसदलाई गुमराहमा राख्न मिल्छ ?’
उनि भन्छन्, ‘कान्तिपुर टेलिभिजनमा समाचार पढ्ने मान्छेको कमी भए म समाचार पढ्छु । मलाई माया छ । कान्तिपुरसहित यो देशका पत्रपत्रिकाले दिएको योगदानको प्रशंसा गर्छु । तर, संस्थाको योगदान र व्यक्तिको कुरालाई एकैठाउँमा राखेर हेर्न मिल्दैन ।

बाँसबारी, टीकापुरसहित विभिन्न विषयको अनुसन्धान भइरहेकाले फाइल उनीहरूलाई नै जिम्मा लगाउने साथै, उनले अनुसन्धानमा रहेको विषयलाई पूर्वाग्रह साँधेको केही पनि होइन भनेर सदनमा भ्रम छरेको बताएका छन् ।

रविले भन्छन्, ‘उहाँहरू मिल्दैमा अब सहकारी बन्धुको भाषा हामी बन्द भएको हेर्न चाहँदैनौं । स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट गरुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स