instainsta

यू–१९ महिला विश्वकपको एसिया छनोटमा आज नेपालले आज कुवेत सँग खेल्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
यू–१९ महिला विश्वकपको एसिया छनोटमा आज नेपालले आज कुवेत सँग खेल्दै
AdvertisementAds

यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत आज (मंगलबार) नेपाल र कुवेत आमनेसामने हुँदैछन्। खेल अजमानस्थित दि सेभेन स्टेडियममा स्थानीय समयअनुसार बिहान साढे ९ बजे सुरु हुनेछ।

नेपालले कुवेतविरुद्ध पहिलो खेलमा १०८ रनको फराकिलो जित दर्ता गरेको थियो, र आज पनि सोही नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ। पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको नेपालले दोस्रो खेलमा १०६ रनको जित निकालेको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली यूएईसँग १३ रनले पराजित भएको थियो।

चार टोली सम्मिलित यस छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा खेलाइने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा स्थान बनाउनेछ। एसिया क्षेत्र छनोटको शीर्ष टोलीले अस्ट्रेलिया, बंगलादेश, र स्कटल्यान्ड रहेको समूह डीमा स्थान पाउनेछ। यू–१९ विश्वकप मलेसियामा जनवरी १८ देखि फेब्रुअरी २ सम्म आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स