यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले कुवेतलाई हरायो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले कुवेतलाई हरायो

यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतलाई आफ्नो चौथो खेलमा १६५ रनको विशाल अन्तरले पराजित गरेको छ। कप्तान पूजा महतोको उत्कृष्ट अलराउन्ड प्रदर्शनका कारण नेपालले पराकिलो जित हासिल गर्यो। कुवेतले २१४ रनको विशाल लक्ष्य पछ्याउँदै ४८ रनमै अलआउट हुँदै हार स्वीकार्यो।

नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन्, जबकि रचना कुमारी र सीमाना केसीले पनि दुई-दुई विकेट लिए। कुवेतका लागि जीफा जिलानीले मात्र ३६ रन बनाइन, अरु कुनै पनि ब्याटर दोहोरो अंक बनाउन सकेनन्।

यसअघि, दुबईस्थित दी सेभेन्स मैदानमा नेपालले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर २१३ रनको विशाल स्कोर बनायो। कप्तान पूजा महतोले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन्, र सोनी पाख्रिनले ४३ रनको अविजित इनिङ खेले। उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे। सावित्रि धामीले ११ र सान प्रविनले ६ रन जोडे। कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक-एक विकेट लिए।

अब, नेपालले ५ खेलमध्ये ४ जितिसकेको छ र यसअघि केवल यूएईसँग पराजित भएको छ। बुधबार, यूएईसँगको अन्तिम खेलमा नेपाल जितेमा यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।

चार टोलीहरूको सहभागितामा डबल राउण्ड रोविन प्रणालीअनुसार खेल भइरहेको यस छनोट प्रतियोगितामा केवल शीर्ष स्थानमा रहने टोली विश्वकपमा स्थान प्राप्त गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स