यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्दै, खेल कति बजे सुरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २२ गते
यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्दै, खेल कति बजे सुरु ?
AdvertisementAds

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। दुबईको दी सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ। नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको थियो र आफ्नो जीतको लयलाई कायम राख्दै आजको खेल पनि जित्ने लक्ष्यमा छ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनको ठूलो अन्तरले पराजित भएको थियो। यस प्रतियोगितामा नेपाल, कुवेत, यूएई र थाइल्याण्ड गरी चार टोली छन्। प्रतियोगिता डबल राउण्ड रोबिन आधारमा खेलाइँदैछ। शीर्ष स्थानमा आउने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स