आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दैछ। नेपाललाई विश्वकप छनोटको लागि जित्नैपर्ने दबाब छ।
दुबईमा दिउँसो सवा ३ बजे सुरु हुने यस खेलमा नेपालले यूएईलाई न केवल हराउनुपर्ने छ, तर रनरेटमा पनि पछि पार्नुपर्नेछ। यूएई ५ खेलमा ५ नै जीतसहित १० अंकका साथ शीर्ष स्थानमा रहेको छ, जबकि नेपालले ४ जीत र १ हारसहित ८ अंक जोडेको छ।
नेपालले पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्नेछ। यस्तै, यदि यूएईले पहिले ब्याटिङ गरेमा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ। यीभन्दा कम अन्तरको जीतले नेपाललाई रनरेटमा पछि पार्नसक्ने र विश्वकप छनोटबाट बाहिरिने खतरा छ।
हालसम्म अपराजित यूएईलाई हराउँदै रनरेटमा पनि पछाडि पार्न सकेमा नेपाल पहिलोपटक यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ। कप्तान पूजा महतो उत्कृष्ट लयमा रहेकी छन्, र अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेमा नेपाली टोलीले ऐतिहासिक रूपमा विश्वकपमा स्थान पक्का गर्नेछ।
यसअघि नेपालले थाइल्याण्ड र कुवेतलाई फराकिलो अन्तरले हराएको थियो भने यूएईले नेपाललाई १३ रनले पराजित गरेको थियो।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया