यू-१९ पुरुष एशिया कपका लागि नेपाली टोलीको घोषणा, प्रतियोगिता कहिले देखि सुरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ९ गते
यू-१९ पुरुष एशिया कपका लागि नेपाली टोलीको घोषणा, प्रतियोगिता कहिले देखि सुरु ?

एसियन क्रिकेट काउन्सिलले युएईमा हुने एसीसी यू-१९ पुरुष एशिया कपका लागि नेपाली टोलीको घोषणा गरेको छ। नेपाली टोलीको कप्तानी हेमन्त धामीले गर्नेछन्। प्रतियोगिता नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म आयोजना हुनेछ।

नेपाल समूह ‘बी’ मा छ, जसमा अफगानिस्तान, बंगलादेश र श्रीलंका पनि रहेका छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्। नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग र तेस्रो खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपाली टोली:
– हेमन्त धामी (कप्तान)
– नरेन साउद
– रोशन विश्वकर्मा
– अर्जनु कुमाल
– युनिस विक्रम सिंह ठकुरी
– विपिन कुमार महतो
– आकाश त्रिपाठी
– नरेन भट्ट
– अपराजित पौडेल
– उत्तम रंगु थापा मगर
– सन्तोष यादव
– अभिषेक तिवारी
– मयन यादव
– युवराज खत्री
– रन्जित कुमार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स