युनिलिभर नेपाल लिमिटेडको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो आग्रह गरेको हो । सेयरधनीहरूले आफ्नो प्यान नम्बर, फोन तथा मोवाइल नम्बरसँगै आफ्नौ इमेल आईडी समेत अद्यावधिक गराउनुपर्ने जानकारी समेत कम्पनीले गरेको छ ।
साथै, कम्पनीले हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनिहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।
सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका सेयरधनीहरूले कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।

















प्रतिकृया