नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरिसकेका छन। पछिल्लो समयमा लगानीकर्ताको आकर्षणको समूह बनेको यस समूहका कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएको छ। यस समुहका वित्तीय विवरण अनुसार १५ कम्पनीहरू मध्ये ९ कम्पनीको प्रति सेयर आम्दानी सकारात्मक छ भने बाँकी ६ कम्पनीको प्रति सेयर आम्दानी ऋणात्मक रहेको छ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा सबैभन्दा बढी प्रति सेयर आम्दानी जानकी फाइनान्सको ४० रुपैयाँ रहेको छ । यसैगरी, प्रोगेसिभ फाइनान्स र मञ्जुश्री फाइनान्सको क्रमश: ३८.१७ र २७.८९ प्रति सेयर आम्दानी छ । राम्रो प्रति सेयर आम्दानी भएका कम्पनीहरुमा लगानी गर्दा जोखिम कम रहने अनुमान गर्न सकिन्छ। अन्य, फाइनान्स कम्पनीहरुको प्रति सेयर आम्दानी पनि सकारात्मक देखिएको छन, जस्तै आईसीएफसी फाइनान्सको प्रति सेयर आम्दानी २३ रुपैयाँ २५ पैसा रहेको छ भने गुडविल फाइनान्सको प्रति सेयर आम्दानी २० रुपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै, सेन्ट्रल फाइनान्सको प्रति सेयर आम्दानी पनि २० रुपैयाँ ८७ रहेको छ। गुर्खाज फाइनान्सको र मल्टी प्रपोज फाइनान्सको पनि क्रमशः ११ रुपैयाँ १९ पैसा र ९ रुपैयाँ ६९ पैसा रहेको छ। फाइनान्स समूहमा सबैभन्दा कम प्रति सेयर आम्दानी श्री इन्भेस्टमेन्ट फाइनान्सको १ रुपैयाँ ६९ पैसा रहेको छ।
तर, गत वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार केही कम्पनीहरुको प्रति सेयर आम्दानी ऋणात्मक रहेको छ , जसमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले -४४ रुपैयाँ ८ पैसा प्रति सेयर आम्दानी सहित सबैभन्दा खराब प्रदर्शन गरेको छ। त्यस्तै, रिलायन्स फाइनान्स र पोखरा फाइनान्सको पनि प्रति सेयर आम्दानी क्रमश: २० रुपैयाँ ५३ पैसा र -१८ रुपैयाँ ११ पैसा रहेको छ। त्यस्तै, पछिल्लो समयमा लगानीकर्ताको आकर्षण बनेको नेपाल फाइनान्सको प्रति सेयर आम्दानी पनि १३ रुपैयाँ १५ पैसा ऋणात्मक रहेको छ। समृद्धि फाइनान्सको र वेस्ट फाइनान्सको प्रति सेयर आम्दानी पनि क्रमशः ८ रुपैयाँ ८९ पैसा र ३ रुपैयाँ ८८ पैसा ऋणात्मक रहेको छ।





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया