आइसीसी महिला टी- २० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ ।
अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।
आइसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको दिदै आयोजक भने बंगलादेश क्रिकेट बोर्डनै रहने जानकारी दिएको छ ।
बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आइसीसीले जनाएको छ ।
यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया