आइसीसीले महिला टी-२० विश्वकपका लागि पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने घोषणा गरेको छ ।
युएईमा आगामी अक्टोबर ३ देखि सुरु हुने महिला टी-२० विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ । हालै सम्पन्न पुरुष टी-२० विश्वकपमा पनि शोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो ।
आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् ।
त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समुह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।
त्यस्तै समुह चरणबाट बाहिरिने हरेक देशले एक लाख १२ हजार ५०० डलर पाउने आइसीसीले जन्माएको छ । १० देश सहभागी विश्वकपमा पाँचौं स्थानदेखि आठौँ स्थानसम्म रहने देशले २ लाख ७० हजार डलर प्राप्त गर्ने छन् भने नवौं र दशौँ स्थानमा रहने देशले एक लाख ३५ हजार डलर पाउने भएका छन् ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया