महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अलिपे प्लसअन्तर्गत अन्तरदेशीय क्यूआर पेमेन्ट गर्नेसम्बन्धी सम्झौता भएको छ । अलिपे प्लसअन्तर्गत एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी सम्झौता भएको हो ।
सम्झौताअन्तर्गत चीन, हङकङ, मकाओ, सिङ्गापुर, मलेसिया, फिलिफिन्स, मङ्गोलिया, थाइल्यान्ड, दक्षिण कोरिया र इटालीजस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरूले अलिपे प्लस नेटर्वकमा आबद्ध विभिन्न डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्यूआरमा सहज रूपमा क्यूआर पेमेन्ट गर्न सक्नेछन् । यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुग्नुका साथै सरकारले अख्तियार गरेको डिजिटल नेपालको अभियानमा समेत टेवा पुग्ने विश्वास बैंकको छ ।
यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता भएको थियो ।डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।












![स्थायी सरकारप्रति किन ढुक्क छैन बजार ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/zpiLUsWNYJk-HD.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया