महालक्ष्मी विकास बैंकद्वारा साहित्यकार मुना अर्याल सम्मानित

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ७ गते
महालक्ष्मी विकास बैंकद्वारा साहित्यकार मुना अर्याल सम्मानित

२१ औं संस्करणको महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्यालले प्राप्त गरेकी छन् । एक कार्यक्रमका बीच महालक्ष्मी विकास बैंक एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको)  बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ वि.स. २०५९ सालमा उक्त पुरस्कार स्थापना गरिएको थियो । उक्त पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश ‘ख’का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा प्रदान गरेका हुन् । उक्त कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स