मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २३ गते
मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार गरेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनी बीच एकीकृत कारोबार हुन लागेकाले उक्त कम्पनीको कारोबार रोक्का भएको हो ।

नेप्सेले दुबै कम्पनीको कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकापसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असार २४ गतेदेखि लागू हुने गरी रोक्का गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स