मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ प्रतिशत बोनस सेयर वापतको कर जम्मा गर्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई मनकामना लघुवित्तको नामबाट २०७७ साल साउन ११ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । एकिकृत कारोबारपछि सेयर खरीद गरेका वा आईपीओ बाँडफाँटमा परी हालसम्म सेयर कायम गरेका सेयरधनीहरूको हकमा बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिनुपर्ने व्यवस्था बमोजिम कम्पनीले कर तिर्न अनुरोध गरेको हो ।
सेयरधनीले यस संस्थाको सेयर रजिष्टर्ड एनएमबि क्यापिटल सम्पर्क गरी कर बापतको रकम एकिन गरेर एनएमबि बैकमा रहेको मनकामना स्मार्ट लघुवित्तको खाता नम्बर ०७८००६६१२८३०००१२ मा उक्त रकम जम्मा गर्नु पर्नेछ । त्यसपछि रकम बुझाएको भौचर संस्थाको ई–मेल [email protected] मा पठाउनुपर्ने संस्थाले जनाएको छ।। सम्बन्धित सेयरधनीहरूले कर वापत्को रकम जम्मा गरेपछि मात्र बोनस सेयर हितग्राही खातामा जम्मा हुनेछ ।
#BajarkoChirfar






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)


![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)


![सुपर पर्फर्मर सेयर ट्रेडर कसरी बन्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/OHH2VNaSv9w-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया