मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ‘लक-इन’ अवधि कात्तिक ११ गते समाप्त हुँदैछ। कम्पनीका ५ करोड १३ लाख ६० हजार कित्ता सेयर लक-इन अवधिमा थिए, जसको अवधि अब सकिन लागेको छ।
हालसम्म संस्थापक सेयरधनीका ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रहेका सञ्चयकर्ता कर्मचारीका १ करोड १७ लाख कित्ता, संस्थापक संस्थाका कर्मचारीका २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीका ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाका ६० लाख कित्ता र कम्पनीका कर्मचारीका ३ लाख ६० हजार कित्ता सेयर लक-इनमा छन्।
लक-इन अवधि समाप्त भएपछि यी सबै सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया