मंसिर १६ गतेदेखि लिबर्टी ईनर्जीले हकप्रद सेयर निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ७ गते
मंसिर १६ गतेदेखि लिबर्टी ईनर्जीले हकप्रद सेयर निष्काशन गर्ने

लिवर्टी इनर्जीले मंसिर १६ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः ०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार, कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद  सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीले बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै, प्रभु बैंकको बेशिसहर, लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स