चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बुद्धभूमि नेपाल हाइड्रोपावरले १ करोड १३ लाख ६९ हजार रुपैयाँको नोक्सानी व्यहोरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४९ लाख ४९ हजार रुपैयाँको नोक्सानी गरेको थियो। विद्युत् बिक्रीमा आएको गिरावटले कम्पनीको नोक्सानीमा वृद्धि गराएको छ।
कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी १२.७६ प्रतिशतले घटेर ४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यस अवधिमा कम्पनीले ४ करोड ९२ लाख १९ हजार रुपैयाँको आम्दानी गरेको थियो।हालसम्म कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ४५ पैसा रहेको छ।





















प्रतिकृया