झण्डै दुई साता अगाडि आएको भारी वर्षापछि भएको बाढी र पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउँदै फेरि अर्को ठूलो पहिरो खसेको छ। काभ्रेको रोशी गाउँपालिका–११, पिप्लेमा खसेको सुक्खा पहिरोले एक गाडी पुरेको छ भने, उद्धार गर्न गएको डोजरसमेत पहिरोमा परेर पल्टिएको छ।
खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमो र सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बस पहिरोमा परेका छन्। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भएको छैन।
डिभिजन सडक कार्यालय भक्तपुरले पहिरो खस्न निरन्तर जारी रहेकोले सडक खुलाउने प्रयास ढिलो भइरहेको जनाएको छ। यसअघि बाढी पहिरोले क्षति पुर्याएको राजमार्गलाई विभिन्न स्थानमा डाइभर्ट गरी आज बिहान मात्र एकतर्फी सञ्चालनमा ल्याइएको थियो। प्रहरी प्रशासनले अहिले बीपी राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।















प्रतिकृया