instainsta

बसपार्क बाहिरका टिकट काउन्टर साउन १ गते देखि हट्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
बसपार्क बाहिरका टिकट काउन्टर साउन १ गते देखि हट्ने
AdvertisementAds

 काठमाडौँ महानगरपालिकाले तोकेको मापदण्ड अनुसार  बसपार्कभन्दा बाहिर रहेका लामो र छोटो दुरीको बसका टिकट बिक्री कक्ष (काउन्टर) साउन १ देखि हट्ने भएको छ । कोटेश्वरदेखि कलङ्कीसम्मका टिकट काउन्टर हटाउन हाल महानगर प्रहरीले व्यवसायीलाई माइकिंगबाट जानकारी गराइरहेको छ ।

जथाभाबी राखिएका टिकट काउन्टरले सडकपेटी र पैदलयात्रीलाई असहज हुनुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै निश्चित स्थानबाट टिकट काट्न अनुरोध पनि गरेको छ ।

गत भदौ १ देखि हटाउने निर्णय गरेको महानगरले एक वर्ष हुँदा पनि व्यवसायीले अटेर गरेपछि अहिले पुनः हटाउने प्रयास गरेको छ । महानगरपालिकाले टिकट काउन्टर सम्बन्धित वडामा दर्ता भई सञ्चालन गर्नुपर्ने सूचना पनि गत वर्ष जारी गरेको थियो तर कार्यान्वयन भने हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स