राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेिले मंगलबार रुपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन्। उनलाई बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको विमानमार्फत भैरहवा ल्याइएको थियो।
बयानपछि साँझ साढे ५ बजे उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राख्न लगिएको छ। सरकारी वकिलसँगको बयान सकिएपछि बार्दलीबाट समर्थक र पत्रकारहरूतिर फर्किएर लामिछानेले छोटो प्रतिक्रिया जनाए।
उनलाई सरकारी वकिलको कार्यालयबाट प्रहरीको भ्यानतर्फ झार्दै थिए, समर्थकहरूले “रवि दाइ, डन्ट ओरी” भन्दै हौसला दिए। लामिछानेले पनि बार्दलीबाट समर्थकहरूलाई थम्स अप गर्दै समर्थनको आभार व्यक्त गरे।
त्यसै क्रममा, प्रहरीको साथमा भ्यानतर्फ लाग्दै गर्दा उनले दबिएको स्वरमा भने, “खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन।” उनका यी शब्दहरू पछि प्रहरीले तत्कालै उनलाई भ्यानमा लगेको थियो। यसअघि पनि पोखरामा अदालत परिसरमा बोल्दा लामिछाने विवादमा मुछिएका थिए।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया