बझाङमा अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा चारजनाको मृत्युु

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३ गते
बझाङमा अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा चारजनाको मृत्युु

बैतडीमा अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए ।

गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उनले बताए । उनले भने, “चारजनाको मृत्यु भएको र छजनाको उद्दार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।”

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स