प्रभु बैंकले ब्याजदरमा परिवर्तन गरेन, असोजमा भदौकै दर कायम

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
प्रभु बैंकले ब्याजदरमा परिवर्तन गरेन, असोजमा भदौकै दर कायम

प्रभु बैंकले असोजमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ। बैंकले भदौमा लागू गरेको ब्याजदरलाई नै असोज १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको हो।

मुद्दती निक्षेपमा, बैंकले व्यक्तिगत खातामा ६.१० प्रतिशत, संस्थागत खातामा ५.१० प्रतिशत, र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ। भदौमा पनि यिनै ब्याजदरहरू कायम थिए।

साधारण बचत खातामा, बैंकले असोजमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्नेछ, जुन भदौमा पनि उही दर थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स