प्रधानमन्त्रीलाई बालेनको चुनौती: “पोस्ट उडाउने हैन, दोषी समाउनुहोस्”

प्रधानमन्त्रीलाई बालेनको चुनौती: “पोस्ट उडाउने हैन, दोषी समाउनुहोस्”
Advertisement Ads

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हालै फेसबुकमा गरेको एक पोस्टलाई फेसबुकले हटाएको छ। सो पोस्टमा उनले एमालेबाट निर्वाचित प्रदेश सांसद रेखा कुमारी शर्माले विगत ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारका नाममा हिंसा र शोषण गर्दै आएको दाबी गरेका थिए। बालेनले फेसबुक पोस्ट हटाइएपछि, सरकारले नै आफ्नो पोस्ट हटाएको आरोप लगाउँदै चुनौतीपूर्ण प्रतिक्रिया दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार! म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।” 

बालेनको सचिवालयका अनुसार, फेसबुकले उक्त पोस्टमा धेरै रिपोर्ट आएपछि हटाएको हो। नेकपा एमालेका नेताहरूले आफ्नो कार्यकर्ता सर्कलमा बालेन शाहको पोस्टलाई रिपोर्ट गर्ने अभियान नै चलाएका थिए।

Screenshot 2024 09 03 175255 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%95 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स