प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १७ गते
प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको विशेष समयम सांसद विद्या भट्टराईले एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताइन । उनले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्कँदो रहेको बताउँदै सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनु, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको अभावले मुलुकको समग्र शिक्षाको गुणस्तर कमजोर बनिरहेको उल्लेख गरिन। उनले शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी रहेकामा जोड दिइन ।

सांसद डा चन्द्रकान्त भण्डारीले एसइई परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनीहरुलाई सीपमूलक तालिमलगायत प्रोत्साहनमूलक काम दिएर सरकारले आशातीत बनाउनुपर्ने माग गरे । उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार्न सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

सांसद भण्डारीले मुलुकमा भ्रष्टाचार र अनियमितता हुनुमा योजनाविद् र विकासविद्हरु पनि रहेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सेवा क्षेत्रमा बन्द हडताल गर्नेलाई कानुनी दायरामा ल्याइनुपर्ने उनको भनाइ छ ।

सांसद शिव नेपालीले शिक्षा क्षेत्रको अनियमितताको अन्त्य गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सरोकार भएकाको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयमा राजनीतिकरणले शिक्षाको गुणस्तर खस्केको दाबी गर्दै यसलाई सुधारेर गुणस्तरीय र व्यावहारिक शिक्षा अपनाइनुपर्नेमा जोड दिए ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स