पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २० गते
पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने

फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् । नेपालबाट सहभागी हुने खेलाडीहरु अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ ।

नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स