कम्प्युटर प्रणालीमा देखिएको समस्याका कारण अवरुद्ध राहदानी (पासपोर्ट) विभागको सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ। विभागले सोमबार साँझ सूचना जारी गर्दै सेवा पुनःसञ्चालन गरिएको जानकारी दिएको हो।
सेवा पुनःसञ्चालनसँगै इच्छुक सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। विभागले अत्यावश्यक परी सेवाग्राहीलाई सेवा प्रदान गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।
जिल्ला र इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवाविस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि मङ्गलबारदेखि परीक्षण कार्य सुरु गरिने उल्लेख गरिएको छ।
यसअघि नै आवेदन गरिसकेका (बायोमेट्रिक प्रक्रियासहित) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको छ। छापिएका राहदानी सम्बन्धित जिल्ला–इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको छ।
विभागले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति संवेदनशील रहेको र समस्या समाधानका लागि सबै आवश्यक कदम चालिरहेको जानकारी दिएको छ।


प्रतिकृया