हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश लिन सम्बन्धित सेयरधनीहरुलाई आग्रह गरेको छ । साबिक हिमालयन जनरल र साविक एभरेष्ट इन्स्योरेन्सका केही सेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले कम्पनीले सूचना जारी गर्दै ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको हो ।
नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीहरुले यथासिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र आफ्नो नगद लाभांश नबुझे लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।








![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)





![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया