पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीको प्रतिसेयर आम्दानी कुनको कस्तो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीको प्रतिसेयर आम्दानी कुनको कस्तो ?

सेयर बजारमा प्रतिसेयर आम्दानी लगानीकर्ताका लागि महत्त्वपूर्ण सूचक हो। प्रति सेयर आम्दानी (ईपीएस) राम्रो भएको कम्पनी वित्तीय रुपमा बलियो हुने भएकोले पनि लगानीकर्ताको रोजाइमा त्यस्तै कम्पनी पर्ने गर्छन । यो सूचकले कम्पनीले कमाएको नाफालाई प्रति सेयर कति मूल्य बराबर हुने गरी वितरण गर्न सकिन्छ भन्ने देखाउँछ।

नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरिसकेका छन। असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार ६ निर्जीवन बीमा कम्पनीहरूको प्रति सेयर आम्दानी घटेको देखिन्छ भने ६ कम्पनीहरुको प्रति सेयर आम्दानी बढेको देखिन्छ , जसले यी कम्पनीहरूको वित्तीय स्थिति र भविष्यमा यसको नाफा कमाउने क्षमता बारेको संकेत गर्छ। यस अवधिमा केहि  कम्पनीहरूको प्रति सेयर आम्दानीमा देखिएका परिवर्तनहरू तल प्रस्तुत गरिएको छ:

प्रति सेयरआम्दानी घटेका कम्पनीहरू:

१. सगरमाथा लुम्बिनी इन्स्योरेन्स:गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ८.७० रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर १३.६५ रुपैयाँ ऋणात्मक भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको  प्रति सेयर आम्दानीमा २५६.८९% को गिरावट आएको छ।

२. यूनाइटेड अजोड इन्स्योरेन्स: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ८.१३ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर ३.४५ रुपैयाँ ऋणात्मक भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको  प्रति सेयर आम्दानीमा १४२.४३%को गिरावट आएको छ।

३. नेपाल इन्स्योरेन्स: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ३९.१२ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर २.५३ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको  प्रति सेयर आम्दानीमा ९३.५३% को गिरावट आएको छ।

४. सिद्धार्थ प्रिमियर: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १९.९६ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर ९.१२ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको  प्रति सेयर आम्दानीमा ५४.३१% को गिरावट आएको छ।

५.नेको इन्स्योरेन्स: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १७.५ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर १४.०१ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको  प्रति सेयर आम्दानीमा १९.९४.% को गिरावट आएको छ।

६. एनएलजी इन्सुरेन्स: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १४.११ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर १२.७१ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको  प्रति सेयर आम्दानीमा ९.९२% को गिरावट आएको छ।

प्रति सेयरआम्दानी बढेका कम्पनीहरू:

१. सानिमा जीआईसी इन्स्योरेन्स: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ६.७६ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १०.१७ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको प्रति सेयर आम्दानी ५०.४४% ले वृद्धि भएको छ।

२. आईजीआई प्रुडेन्सियल: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ६.७५ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ८.०६ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको प्रति सेयर आम्दानी १९.४१% ले वृद्धि भएको छ।

३. राष्ट्रिय बीमा कम्पनी: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ५१.६३ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ५८.७२ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको प्रति सेयर आम्दानी १३.७३% ले वृद्धि भएको छ।

४. हिमालयन एवरेस्ट: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ९.३० रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १०.५२ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको प्रति सेयर आम्दानी १३.८७ % ले वृद्धि भएको छ।

५.  प्रभु इन्स्योरेन्स: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १४.७३ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १५.५४ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको प्रति सेयर आम्दानी ५.५०% ले वृद्धि भएको छ।

६. शिखर इन्स्योरेन्स: गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १६.९४ रुपैयाँ थियो, जुन चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १७.३६ रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोहि अवधि संग तुलना गर्दा कम्पनीको प्रति सेयर आम्दानी २.४८% ले वृद्धि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स