नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ९१ हाइड्रोपावर कम्पनीमध्ये १२ कम्पनीहरूले यस वर्ष सेयरधनीलाई लाभांश घोषणा गरेका छन्। कम्पनीहरू आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश गरेका हुन। लाभांश घोषणा गरेकामध्ये पनि केही कम्पनीहरूले साधारणसभाबाट पारित समेत गरिसकेका छन् ।
लाभांश घोषणा गर्ने हाइड्रोपावर कम्पनीहरूमा रु रु जलविद्युत, सुपरमाई हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, भगवती हाइड्रोपावर, अपि पावर, साहज ऊर्जा लिमिटेड, विन्ध्यावासिनी हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, सगरमाथा जलविद्युत, र अरुण भ्याली रहेका छन्।
लाभांश विवरण:
-रु रु जलविद्युत: १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश।
-सुपरमाई हाइड्रोपावर: ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश।
-माण्डु हाइड्रोपावर: १२ प्रतिशत नगद लाभांश।
-सीईडीबी हाइड्रोपावर: ११ प्रतिशत बोनस सेयर।
-भगवती हाइड्रोपावर: ४ प्रतिशत बोनस सेयर र १०.७३ प्रतिशत नगद लाभांश।
-अपि पावर: ५ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश।
-साहज ऊर्जा लिमिटेड: ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश।
–विन्ध्यावासिनी हाइड्रोपावर: ८ प्रतिशत बोनस सेयर।
-सुपरमादी हाइड्रोपावर: ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद लाभांश।
-मन्दाकिनी हाइड्रोपावर: ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश।
-सगरमाथा जलविद्युत: ५ प्रतिशत लाभांश।
-अरुण भ्याली: ३.०१५७ प्रतिशत लाभांश।




















प्रतिकृया