नेपाल इन्स्योरेन्स कम्पनीले विद्यमान सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारण सभा आह्वान गरेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्छ। हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार कायम हुनेछ ।
साधारणसभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज तोकेको छ। वैशाख २६ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।








![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया