नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेका सेयर बिक्रीमा राखेको हो।
बैंकले विक्रीमा राखेको सेयरको संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन। इच्छुक व्यक्ति तथा कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लाजिम्पाटस्थित बैंकको सेयर शाखामा सम्पर्क गर्न सक्नेछन्।
यसअघि, बैंकले भदौ ७ गते विद्यमान संस्थापक सेयरधनीहरूलाई ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। उक्त अवधिमा कुनै लिखित प्रतिक्रिया नआएपछि सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको बैंकले जानकारी दिएको छ।



















प्रतिकृया