नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

















![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)


प्रतिकृया