नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो ।
यस सिरिजमा नेपालको ब्याटिंग लगातार फ्लप हुदै आएको छ । नेपालले आफ्ना शिर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।
यो जित पछि क्यानडा लिग-२ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अंक भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया