निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब ५६ करोड नाफा कमाएको छन। समग्रमा निर्जीवन बीमा कम्पनीहरुको नाफा ५०.५६ प्रतिशतले बढेको छ। हामीले यस लेखमा निर्जीवन बीमा कम्पनीहरुको प्रमुख वित्तीय सूचकहरु प्रस्तुत गरेका छौँ।
१. चुक्तापुँजी: गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्तापुँजी आइजीआई प्रुडेन्सियलको ३ अर्ब २ करोड रुपैयाँ रहेको छ। १२ ओटा निर्जीवन बीमा कम्पनीहरुको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार धेरै चुक्तापुँजी हुने निर्जीवन बीमा कम्पनीहरु क्रमशः: आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी रहेका छन्।
२. खुद नाफा: गत आर्थिक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल ६ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएका छन। गत आषाढ मसान्तसम्ममा सबैभन्दा बढी खुद नाफा नेपाल इन्स्योरेन्सले ७० करोड नाफा कमाएको छ। धेरै नाफा कमाउने निर्जीवन बीमा कम्पनीहरु क्रमश: नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स हुन।
३. बीमा शुल्क संकलन: गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा १२ वटा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब ३३ करोड बढी बीमा शुल्क संकलन गरेका छन्। सबैभन्दा धेरै बीमा शुल्क सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९८ करोड रुपैयाँ संकलन गरेको छ। यो कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलनामा ७८.१२ प्रतिशत बढी हो। धेरै बीमा शुल्क संकलन गर्ने बीमा कम्पनीहरु क्रमश: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी हुन।
४.बीमा कोष: गत आर्थिक वर्षको अन्त्यसम्ममा सबैभन्दा धेरै बीमा कोष सगरमाथा लुम्बिनी इन्स्योरेन्सको रहेको छ। कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बीमा कोषमा ६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा कोष अघिल्लो वर्षको तुलनामा गत वर्ष ६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७ अर्ब ३९ करोड रहेको थियो। धेरै बीमा कोष भएका निर्जीवन बीमा कम्पनीहरु क्रमश:सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स,सानिमा जीआइसी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी हुन।
५. प्रति सेयर आम्दानी: गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्स कम्पनीका अधिकांश कम्पनीहरुको प्रतिसेयर आम्दानी बढेको छ। चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै प्रति सेयर आम्दानी राष्ट्रिय बीमा कम्पनीको २३५.२७ रुपैयाँ रहेको छ। त्यस्तै, सबैभन्दा कम प्रतिसेयर आम्दानी एनएलजी इन्स्योरेन्सको १६.४६ रुपैयाँ रहेको छ। धेरै प्रति सेयर आम्दानी भएको कम्पनीहरु क्रमश: राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स हुन।







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया