नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन्। यस अघि कम्पनीले उक्त सेयर संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूको आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थाले समेत खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो।
इच्छुक लगानीकर्ताले सात दिनभित्र आवश्यक कागजातसहित बैंकको रजिस्टर्ड कार्यालय काठमाडौं–१० बानेश्वस्थित कानुन विभागमा लिखित आवेदन दिनुपर्नेछ ।
#BajarkoChirfar








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया