आज नेप्से परिसूचक ३३.४१ अङ्कले बढेर २७१६.६६ मा बन्द भएको छ। आज १३ उपसमूह सबै बढेको छ। दिनभर ७ अर्ब ४४ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल फैनांसको भएको छ। यस दिन ३१२ कम्पनीको १ करोड ४२ लाख सेयर कारोबार भएको छ।
झण्डै ११ महिनासम्म नेतृत्वविहिन रहेको नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसंगै सेयर बजारमा लगानीकर्ताको मनोबल उच्च भएको छ। हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको नयाँ अध्यक्षमा नियुक्त गरेपछि लामो समयदेखि रोकिएका बजार विकासका गतिविधिहरू अगाडि बढ्ने आशामा नेप्से सूचक र कारोबार रकममा सुधार देखिएको छ। सोमबार पनि नेप्से सकारात्मक रहेको थियो। धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएपछि बजारमा सुधारको संकेत देखिनुका साथै लगानीकर्तामा नयाँ ऊर्जा थपिएको छ।
अहिले बजार पुनः सुधारको चरणमा रहेको देखिन्छ। तर, कारोबार रकम भने अझै कम छ। बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता र घट्दो ब्याजदरका कारण बजारले दीर्घकालीन रूपमा सकारात्मक हुन् सक्ने अपेक्षा गरिएको छ।
नेप्से ३३.४१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३३.४१ अङ्कले बढ्दा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २१० कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: युनाइटेड इदी मर्दी, सपोर्ट माइक्रोफाइनान्स , कुथेली बुखरी स्मल हाईड्रो, मिथिला लघुवित्त र अपर हेवा हाईड्रो रहेको छ।

नेप्से ३३.४१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से ३३.४१ अङ्कले घट्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: थ्री स्टार हाइड्रो, कर्णाली विकास बैंक, सामुदायिक लघुवित, बेस्ट फाइनान्स र सुपर मादी हाइड्रोपावर रहेको छ।


प्रतिकृया