गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
सरकारले दूध उत्पादन प्रोत्साहन सहयोग कार्यक्रममा अनुदान वृद्धि गर्ने योजनाअनुसार गत वर्ष रु छ करोड ५५ लाख बजेट विनियोजन गरेको थियो । ‘अनुदान रकम दोब्बर वृद्धि गर्नेगरी बजेट विनियोजन भएको थियो, तर वृद्धिको कार्यविधि र राजपत्रमा प्रकाशनमा ढिलाइ हुँदा गत वर्ष कार्यान्वयन हुन सकेन,’ महानिर्देशक भट्टराईले भने ।
सरकारले उत्पादनका आधारमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । यसबाट दूध उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । दूधको राष्ट्रिय उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष ८८ लिटर रहेकामा गण्डकीको उपलब्धता एक सय आठ लिटर रहेको छ ।










![सुन तोलाको डेढ लाखमा आउने कुरा खासमा के हो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/mDD8TmuMWzk-maxresdefault-768x432.jpg)



![Portfolio Rebalancing कसरी गर्ने ? ‘Hold’ is ‘Gold’ बकवास Idea ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/RTxVSaCTsV8-maxresdefault-768x432.jpg)





![सुन तोलाको डेढ लाखमा आउने कुरा खासमा के हो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/mDD8TmuMWzk-maxresdefault-150x150.jpg)

प्रतिकृया