भारतको दिल्लीबाट काठमाडौं आएको एक भारतीय निजी विमान कम्पनीको विमानमा बम भएको हल्ला फैलिएको छ।
सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेको विमानमा बमको सूचना प्राप्त भएको विमानन प्राधिकरणका अधिकारीहरूले जानकारी दिएका छन्।
यसअघि पनि दिल्लीबाट काठमाडौं आएको अर्को विमानमा बम भएको हल्ला आएको थियो। त्यो हल्ला भारतबाट ह्वाट्सएपमार्फत आएको थियो, तर सो विमानको परीक्षणपछि बम नभएको पुष्टि भएको थियो।
हालको घटनामा, दिल्ली फर्किन लागेको विमानमा ४० जना यात्रु चढिसकेपछि बमको सूचना प्राप्त भएको थियो। उक्त विमानमार्फत १६९ जना यात्रु दिल्ली जान लागेका थिए। बमको सूचनापछि यात्रुलाई ओरालेर नेपाली सेनाको टोलीले सर्च गरिरहेको छ। विमानमा बम नभएको पुष्टि भए मात्र विमान भारततर्फ प्रस्थान गर्नेछ।















प्रतिकृया