आज नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह घटेको छ भने सर्बाधिक घट्ने उपसमूह लाइफ इन्स्योरेन्स र नन्न लाइफ इन्स्योरेन्स उपसमूह रहेको छ। दिनभर ९ अर्ब ४३ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिईडीबी हाईड्रोपावरको भएको छ। यस दिन ३२७ कम्पनीको २ करोड बढी सेयर कारोबार भएको छ्।
लगानीकर्ताहरु बजारप्रति सकारात्मक भए तापनि धेरै उतारचढाव देखिएको हुँदा बजारमा स्थिरता भने देखिएको छैन। बजारमा स्थिरता कायम नभएकाले कारोबार रकम पनि घट्दै गएको छ। यसअघि करिव डेढमहिना सम्म बढेको बजारमा करिव ३० अर्ब सम्मको कारोबार भएको थियो। तर अहिले ९ अर्बको मात्र कारोबार भएको छ भने करिब ३ हजार पुगेको नेप्से तल झरेर २६०० को बिन्दुमा पुगेको छ। बजारले स्थिरता लिन नसक्दा लगानीकर्ताहरु अलमलमा परेका छन् । निरन्तर बजार घटीरहदा कारोबार रकम पनि घट्दै गएको हो।
नेप्सेमा देखिएको तिब्र उतारचढावका कारण लगानीकर्ताहरु सामान्य रूपमा आतिँदै गएका छन्। यद्यपि, समग्रमा बजारमा लगानीकर्ताहरु सकारात्मक नै रहेको देखिन्छ । बजार छोटो समयमै व्यापक रूपमा बढेर लगानीकर्ताहरुले नाफा बुक गर्दा बजारमा सेलिङ् प्रेसर रहेको र नाफा बुक गरेका लगानिकर्ताले बजारमा पुन प्रवेश नगरिसकेकाले बजारमा कारोबार रकम खुम्चिएको अनुमान गरिएको छ । साथै, नाफा बुकगरेका लगानीकर्ताहरु बजारमा पुनः प्रवेश भएसँगै बजारमा स्थिरता कायम हुने अनुमान पनि रहेको छ।
नेप्से ५५.८६ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से ५५.८६ अंकले घट्दा २२ कम्पनीहरूको सेयरमूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: हाथवे इन्भेष्टमेन्ट , नेपाल वेयर हाउजिङ, इमर्जिङ नेपाल, रहेको छ।



प्रतिकृया