त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारीलाई अतिरिक्त भत्ता दिने निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ११ गते
त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारीलाई अतिरिक्त भत्ता दिने निर्णय
Advertisement Ads

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा  कात्तिक २३ देखि चैत १८ सम्म रातको समयमा बन्द गरिनेछ।

तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेको व्यवस्थामा कुनै परिवर्तन नगरी ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाउने निर्णय गरेको छ।

कात्तिक ५ गते  प्राधिकरण व्यवस्थापनको बैठकले साढे ६ घण्टाको ड्युटी समय र तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने निर्णय गर्दै, प्रधान कार्यालयबाट स्वीकृत ‘होल्नाइट कोटा’ बमोजिम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने तयारी गरेको छ। यसबाहेक, बैठकले अतिरिक्त खटिएका कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुनेछ, र प्राधिकरणले उडान तथा अवतरणको चाप नहुँदा पनि कर्मचारी खटाएर उनीहरूलाई अतिरिक्त सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

123 https://bajarkochirfar.com/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ad%e0%a5%81%e0%a4%b5%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%ae | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स