डिजिटल भुक्तानीको नायक फोन पे: छैटौं वर्षमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १५ गते
डिजिटल भुक्तानीको नायक फोन पे: छैटौं वर्षमा

नेपालको अग्रणी डिजिटल भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। २०१९ अक्टोबरमा ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नाराका साथ सुरु भएको फोनपेले पाँच वर्षको अवधिमा नेपालको डिजिटल भुक्तानी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ।

हालसम्म फोनपेसँग १४ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भइसकेका छन् भने २ करोडभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गरिरहेका छन्। फोनपेको क्यूआर प्रणालीमार्फत दैनिक अर्बौ रुपैयाँको कारोबार हुने गरेको छ। गत अक्टोबरमा फोनपेले एकैदिन १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी सेटलमेन्ट गर्दै ऐतिहासिक कीर्तिमान बनाएको थियो।

फोनपे पेमेन्ट प्रणालीमा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन्। यसले प्रयोगकर्ता, व्यवसायी र वित्तीय संस्थाहरुलाई एउटै नेटवर्कमा जोडेर नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाएको छ। पछिल्लो एक वर्षका महत्त्वपूर्ण उपलब्धिहरू:

पेमेन्ट सेटलमेन्टमा ऐतिहासिक उपलब्धि:
फोनपेले गत अक्टोबर १७ मा एकैदिन १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी सेटलमेन्ट गर्दै नयाँ कीर्तिमान कायम गरेको थियो। 

नेपाल-भारत क्रस-बोर्डर क्यूआर भुक्तानी प्रणालीको सफल कार्यान्वयन:
नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूले नेपाली व्यवसायहरूमा सजिलै भुक्तानी गर्न  फोनपेले नेपाल-भारत सीमापार क्यूआर कोड भुक्तानी प्रणाली सफलतापूर्वक लागू गरेको छ। यसले दुवै देशका नागरिकलाई डिजिटल भुक्तानीमा सहजता र सुरक्षाको प्रत्याभूति दिँदै व्यापार तथा सेवामा नयाँ अवसरहरू थपेको छ।

नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात:
फोनपेले सिटिजन्स बैंक इन्टरनेसनलसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड, ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’को सुरुवात गरेको छ। नेपाल राष्ट्र बैंकले अघि सारेको डोमेस्टिक कार्ड स्किम परियोजनाअन्तर्गत यो कार्ड उपलब्ध गराइएको हो। ग्राहकहरूले सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत यो डिजिटल क्रेडिट कार्ड प्रयोग गर्न सक्नेछन्।

वित्तीय साक्षरताको प्रवर्द्धन

फोनपेले डिजिटल वित्तीय साक्षरताको विस्तारका लागि देशभर विभिन्न कार्यशालाहरू आयोजना गर्दै आएको छ। यसका साथै, डिजिटल भुक्तानीलाई थप प्रवर्द्धन गर्न कम्पनीले ‘व्यवसायीको सारथी’, ‘सक्षम नारी’, ‘साहुजी, अब हेर्नु पर्दैन सुने पुग्छ’, ‘पैसा पठाऊ ठाउँको ठाउँ’, र ‘बोहनी फोनपे क्यूआरबाट’ जस्ता प्रभावशाली क्याम्पेनहरू सञ्चालन गर्दै आएको छ।

फोनपेले डिजिटल भुक्तानीको क्षेत्रमा आफ्नो महत्वपूर्ण उपस्थिति कायम गर्दै नेपालको अर्थतन्त्रलाई डिजिटल युगतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। यसको उद्यमशीलता सफलताले स्टार्टअप क्षेत्रमा पाइला टेक्ने युवाहरूलाई थप प्रेरणा प्रदान गर्दै आएको छ, युवाहरूले आफ्नो व्यवसायिक यात्रा सुरु गर्न हौसला समेत पाएका छन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स