जितका लागि नेपाललाई ११५ रनको चुनौती

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३ गते
जितका लागि नेपाललाई ११५ रनको चुनौती

हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । जारी एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो ।

बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स