जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबारको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै दुबै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।
दुबै कम्पनीले गत चैत १८ गते एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र लम्कीचुहा नगरपालिका– ४, कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/ गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।
#BajarkoChirfar #bazarkochirfar






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया