प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीका लागि आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, र मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने तयारीमा छन्। यस भ्रमणको मिति उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टी सभामा घोषणा गर्दै भनेका थिए, “सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ। कसरी सफल भयो भन्नेबारे म फर्केपछि जानकारी गराउने छु।”
ओलीले पछिल्लो सत्ता सम्हालेको १०० दिनसम्म भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए। यही तयारीको हिस्साका रूपमा उनले आजकाे छलफल आयोजना गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा चीन भ्रमणका क्रममा प्राथमिकतामा राख्नुपर्ने एजेन्डाबारे विचारविमर्श हुनेछ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया