चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी कोष करिब ८६ अर्ब रुपैयाँ घाटामा देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले ३ खर्ब २९ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गर्दा ४ खर्ब १५ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ। यसले सरकारी कोष ८५ अर्ब ९६ करोड घाटामा पुर्याएको छ।
यो वर्ष सरकारले अघिल्लो वर्षभन्दा १०.५० प्रतिशत बढी राजस्व संकलन गरेको छ। कात्तिक मसान्तसम्म ३ खर्ब २९ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन भए पनि यो लक्ष्यको मात्र २०.२२ प्रतिशत हो। सरकारले यो आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व र गैरराजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
समीक्षा अवधिमा सरकारको राजस्व संकलन २ खर्ब ५६ अर्ब ३५ करोड रुपैयाँ र गैरराजस्व संकलन २२ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। वैदेशिक अनुदानतर्फ भने सरकारले लक्ष्यको केवल ५.५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड रुपैयाँ मात्र प्राप्त गरेको छ।
कात्तिक मसान्तसम्म सरकारले कुल विनियोजित बजेटको २२.३१ प्रतिशत अर्थात् ४ खर्ब १५ अर्ब रुपैयाँ खर्च गरेको छ। चालु खर्चतर्फ २ खर्ब ७१ अर्ब ३१ करोड रुपैयाँ (२३.७६ प्रतिशत) र पुँजीगत खर्चतर्फ ३० अर्ब रुपैयाँ (९.९४ प्रतिशत) खर्च भएको छ।
सरकारले यो आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत खर्च लक्ष्य राखेको भए पनि पहिलो चार महिनामा यसको न्यून मात्रामा उपयोग भएको छ।अघिल्लो वर्षको तुलनामा यो अवधिमा खर्च ५९ अर्ब रुपैयाँले बढेको देखिए पनि राजस्व संकलन र खर्चको अन्तर बढ्दा घाटा थप गहिरिएको छ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया