instainsta

घरमै बसेर पाउनुहोस् महालक्ष्मी बैंकबाट तुरुन्तै लोन सुविधा, स्मार्ट साथी एपमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २४ गते
घरमै बसेर पाउनुहोस् महालक्ष्मी बैंकबाट तुरुन्तै लोन सुविधा, स्मार्ट साथी एपमा
AdvertisementAds

दसैं, तिहार र चाडबाड लक्षित गरी महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउन हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गरिएको हो ।

यस अन्तर्गत ग्राहकहरुले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत थप सुविधाहरू पाउने छन् ।
–रियल टाइममा नै रु ८,००,०००/- (अक्षरूपी आठ लाख) सम्म मुद्धती धितो कर्जाको सुविधा । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ ।
–अनलाइन मार्फत नै के.वाई.सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा
–आफुले चाहेको बचत तथा मुद्धती खाता खोल्न आवेदन दिन सक्ने सुविधा
–ग्रााहकले स्वयमले आफु कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा
–एप्लिकेसन मार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा

यस एपको सुरुवात सँगै ग्राामीण तथा अर्ध-सहरी क्षेत्रमा बैंकिङ्ग सेवाहरुको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स