क्रिप्टो एक्स्चेन्ज ‘बाइनान्स’का संस्थापक चाङपेङ झाओलाई चार महिना जेल सजाय

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २० गते

क्रिप्टोकरेन्सी एक्स्चेन्ज बाइनान्सका संस्थापक चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ । पूर्व सीइओ समेत रहेका चाङपेङ झाओले उनको विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जमा बाइनान्स मार्फत मनी लान्ड्रिंग (अवैध धनलाई वैध बनाएको),साइबर अपराधी र आतंकवादी समूहहरूलाई स्वतन्त्र रूपमा कारोबार गर्न दिएको आरोपमा दोषी ठहर भएपछि अमेरिकी अदालतले जेल सजाए सुनाएको हो ।

सजाय सुनाएपछि एक्समा एक पोस्टगर्दै झाओले यो चरण समाप्त गर्ने र जीवनको अर्को अध्याय (शिक्षा) मा ध्यान केन्द्रित गर्ने उल्लेख गरेका छन् |

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स