कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी आज पत्रकार सम्मेलन गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी आज पत्रकार सम्मेलन गर्दै

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार दिउँसो साढे २ बजे रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका छन्।

हाल उद्योगीहरूसँग विद्युत् बक्यौता असुलीको विवादले तातो मच्चाइरहेको छ। घिसिङले बक्यौता तिर्न अस्वीकार गर्ने उद्योगहरूको बिजुलीको लाइन काट्दै आएका छन्। तर, सरकारले भने उद्योगहरूमा बिजुलीको लाइन नकाट्न निर्देशन दिइरहेको छ।

यसै क्रममा मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले उद्योगहरूको लाइन तत्काल पुनःजोड्न निर्देशन दिइसकेको छ। बोर्डको यो निर्णयको भोलिपल्टै घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। हाल उनी डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवादमा पनि तानिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स