कुमारी बैंकले ३ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
कुमारी बैंक लिमिटेडले ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् ।
इच्छुक विद्यमान सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।
#BajarkoChirfar